त्यसैगरी पिएसटिएन सि–फोनका ग्राहकलाई न्यूनतम महसुल दुई सय रुपैयाँमा दुई सय कल निःशुल्क उपलब्ध गराउने बताइएको छ। यसअघि सो महसुलमा ग्राहकले १ सय ७५ कल निःशुल्क पाउँथे।
त्यसैगरी जिएसएम र सिडिएमए प्रिपेड तथा पोस्टपेड मोबाइलको महसुलमा असोज २४ देखि कात्तिक १ सम्म र कात्तिक १६ देखि २३ गतेसम्म १० प्रतिशत छुट दिनेछ। असोज १८ देखि कात्तिक १ गतेसम्म एडिएसलको समय सकिने ग्राहकको हकमा कात्तिक ३ गतेसम्म समय बढाइएको छ।
सिडिएमए इभिडिओ÷पिडिएसएन सेवाका ग्राहकलाई असोज १९ देखि कात्तिक १ सम्म र कात्तिक १६ देखि २३ सम्म विद्यमान महसुल दर ५० पैसा प्रति मेगाबाइटमा २० प्रतिशत छुट दिइएको छ। सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले असोज २४ देखि कात्तिक १ र कात्तिक १६ देखि २३ सम्म टेलिकमकै नेटवर्कमा फोन गर्दा खर्च भएको रकमको आधारमा बोनस पाउनेछन्।
कम्पनीले १० रुपैयाँसम्म खर्च गर्नेलाई १ रुपैयाँ ११ देखि २० रुपैयाँसम्म खर्च गर्नेलाई २ रुपैयाँ, २१ देखि ३० सम्म खर्च गर्नेलाई तीन रुपैयाँ र ३० रुपैयाँभन्दा माथि खर्च गर्नेलाई ५ रुपैयाँका दरले बोनस दिनेछ । दसैंका बेला दैनिक खर्चको आधारमा पाइने बोनसको समय कात्तिक ८ सम्म र तिहार तथा छठपर्वको बेला पाइने बोनसको अवधि कात्तिक ३० सम्म कायम रहने बतायएको छ । बोनस रकमबाट कम्पनीकै नेटवर्कभित्र कल गर्न पाइन्छ।
असोज २० देखि २४ सम्म वाइम्याक्स सेवाको कुनै पनि प्याकेज एकमुष्ट तीन महिनाको लागि खरिद गर्दा ५० प्रतिशत छुट पाइनेछ। असोज २४ देखि कात्तिक २३ सम्म अन्तर्राष्ट्रि«य सेवा प्रदायकको नेटवर्कबाट कम्पनीको नेटवर्कमा टर्मिनेट हुने प्रत्येक अन्तर्राष्ट्रिय आगमन कलबापत प्रतिमिनेट ५० पैसा बोनस १५-१५ दिनमा उपलब्ध गराइने टेलिकमले बताएको छ ।
असोज २४ देखि १४२४, ६९९, ००, १४४५ एक्सेस कोड प्रयोग गरी चीन, हङकङ, अस्ट्रेलिया, संयुक्त अधिराज्य, बंगलादेश, कुवेत, बहराइन, बेल्जियम, फ्रान्स, नर्वे, भारत र माल्दिभ्स फोन गर्दा ग्राहकले छुट पाउने बताइएको छ ।
Happy Bloging !! :)










