हेर्दा त राम्रै छ तर कति सम्म ब्यबस्थित छ त्यो चाही हेर्न बाँकि नै छ । जवान भयो नचढेको त के भन्नु नाम पनि नसुनेको , एउटा हरिबंश जी गीत मा सुने थें " साझा बस " हो यहि साझा यातायात ले आउदो शनिबार देखि उक्त बस काठमाडौँ र ललितपुर का केहि भाग मा बिहान ११ बजे देखि बेलुकी ९ बजे सम्म सेवा दिनेछन । :)
लामो समयको तयारीपछि हामीले ३१ गते शनिवार उद्घाटन गर्ने भएका छौं,' साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले भने, 'बसहरु अहिले सबै हामीसँग आएका छन्।' उनका अनुसार बसको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्यसचिव लिलामणी पौडेलले गर्नेछन्। साझाले सुरुको दिन उद्घाटन पछि र वैशाख एक देखि उल्लेखित समयमै बस सञ्चालन हुने जनाएको छ।
साझा बस सेवा बन्द भएको झन्डै १२ बर्ष भयो र १२ बर्ष पछि पुनः संचालन मा आउदै छ आशा गरौँ long latiting सेवा प्रदान गर्नेछ साझा यातायात ले। साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ। साझाका अनुसार सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका छन्। साथै १५ यात्रु उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ। दुबै ढोका चालकले नियन्त्रण गर्न सक्नेछन्। बिरगंज मा रहेको २२ रोपनि जग्गा बिक्रि गरि आएको रकम मध्ये ६ करोड चाही हालसालै का लागि उपत्यका मा १६ वोटा बस संचालन गर्ने भएको छ। साझा लाई उत्तरोतर प्रगति को कामना का साथै एक सच्चा यात्री को परिचय दिन नबिर्सौं। म त शनिबार नै यो बस मा यात्रा गर्ने छु तपाई पनि गर्नुहोला कस्तो सेवा प्रदान गर्दै छ त हाम्रो साझा यातायात ले??
जय हो साझा यातायात