त्यस्तै गर्दा गर्दै मेरो पढाईतिर पनि ध्यान जान सकेन् । एक दुई महिना वितिसकेको थियो । उनी बाबा आमालाई भेट्न घर आउने कुरा मलाई घर नजीकैको बर्षाको साथीेले बताईन् । मेरो मन आफैमा हर्षित भइरहेको थियो भने कता कता डर, लाज लागिरहेको थियो ।
मेरो मानसपटलमा प्रश्नहरु एकपछि अर्को गद तेर्सिरहेको थियो । कतै उनले विर्सिन कि ? नविर्से पनि मैले उनलाई प्रेमप्रस्ताव राख्दा उनी रिसाउने पो हुन कि भन्ने कुराहरुले मलाई डराइराखेका थिए । तै पनि जे पर्ला पर्ला भन्ने भयो । उनी पनि आईन कार चढेर अनि उनलाई देख्ने वित्तिकै उनको कार पछि पछि दौडिए । ‘‘बर्षा बर्षा ’’भन्दै बोलाउ“दै थिए । तर गाडिको अगाडि मेरो बलबुता नै चलेन । उनी अगाडि अगाडि म पछि पछि दौडीदै थिए । उनको घरमा पुग्दा म निकै खुशी भएको थियो । किनकी आज मेरी हृदयकी रानीलाई भेट्न पाउ“दैछु । तर, त्यहा“ नसोचेको कुरा भयो । मलाई गेट पालेले नै छिर्न दिएन । अनि म चिच्याए“ ‘‘बर्षा बर्षा’’ उनी पछाडि फर्किएर मेरो नाम लि“दै दौड्दै आईन । तर उनको मम्मीले तानेर भित्र लैजानु भयो । म निराश भएर घर फर्किन लागेको थिए । उताबाट बर्षाको ड्याडिले मलाई बाबु भनेर बोलाउनुभयो । मायालु स्वरमा भन्नु भयो ‘‘बाबु तिमि मेरो छोरी बर्षालाई धेरै माया गर्छू ह नी ?’’ मैले सहमतिमा टाउको हल्लाईदिए । उनको ड्याडिले मेरो गालामा एक थप्पड हान्दै ‘‘झुप्रामा बस्नेले मेरो छोरी ताक्न’’े भन्दै मलाई गल्हत्याएर निकालिदिनुभयो । ठूलो भइसकेकोले गर्दा होला । मैले त्यो पिडा सहन सकिन् ।
मैले त्यो पिडा सहन सकिन् । मैले एउटा ढुङ्गा उठाएर घरको झ्यालमा हानेर झ्यालको सिसा फोडिदिए र त्यहा“बाट म आफ्नो बाटो लागे । आउ“दा आउ“दै मेरो मन भतभति रुन थाल्यो । आफ्नो भाग्यलाई धिक्कार्न थाले सायद गरिब भएर होला मैले उनलाई भेट्न नपाएको भन्दै आफ्नो खप्पडलाई दोष दि“दै घर फर्किए ।
मेरो मनमा एउटै कुरा चलिरहेको थियो उनी सामु कहा“,कसरी, कुन अवस्थामा हुन्छ उनलाई भेट्ने तर कुनै उपाय नै निस्कीरहेको थिएन । यस्तै सोच्ने क्रममा त्यो रात त्यत्तिकै वित्यो भोलिपल्ट के के गर्ने,के नगर्ने भैराखेको थियो । मैले सोच्न पनि सकेको थिएन ,कसरी उनलाई भेट्ने र आफ्नो मनको कुरा उनीसामु पोख्ने ।
सायद उनलाई पनि यसै भएको थियो होला । त्यसैले उनी पसल जाने बाहानाले मेरो घरमा आईन् । उनलाई मेरो आ“खाको नयनले देख्दा खेरी सपना जस्तो लागेको थियो तर त्यो विपना नै रहेछ । पाठकमित्रहरु त्यो विपना नै रहेछ । उनलाई देख्दा म यति खुशि भए की मेरो खुशीको वर्णन पनि गर्न सक्तिन । किनकि मेरो जीन्दगी, मेरो प्राण जे भने पनि उनी नै थिइन् । मेरो आ“खाबाट आफसेआफ मैन पग्ले झैं आ“शु पग्लन थालिरहेको थियो । उनको पनि आ“खामा आ“शु टिलपिल गरिरहेका थिए । सायद धेरै पछि हाम्रो भेट भएर होला ।
उनी मलाई देखेर केही पनि बोल्नै सकिनन् सिधैं मेरो अ“गालोमा समाहित भईन् । सायद हाम्रो जिन्दगीमा एकअर्कालाई थाहा नै नभई प्रेमको पालुवा पलाईसकेको थियो । त्यसैबखत मेरो मुखबाट एउटा वाणी निस्कियो ‘‘आई लभ यू बर्षा,आई लभ यू म तिमीबिना बा“च्न सक्दिन ।’’ उनले अ“गालोबाट पर हट्दै भनिन् – ‘‘के भन्यौ’’ म झस्किए“ र फेरी साहस गरेर उनलाई भने –‘बर्षा म तिमीविना बा“च्न सक्दिन तिमी नै मेरो सबथोक हौ, तिमी छैनौ त म पनि रह“दिन जसरी पानी विना माछा जिउन सक्दैन त्यसरी नै मेरो यो जिन्दगी मरेतुल्य हुनेछ ।’ उनी ठट्टा गर्दैभनीन् ‘‘ लाटा यि सबै कुराहरु पनि भनिरहनुपर्छ त । म तिम्रै त हु“ नी ।’ अनि भन्छिन् ‘म पनि तिमीविनाको जिवन सोच्न पनि सक्दिन ।’’ यस्तै कुरा गर्दै थियौं । उनले ‘मलाई घर गाली गर्छन्’ भनेर उनी आफ्नो घरतर्फ प्रस्थान गरीन् ।
त्यसदिन मेरो बर्षो देखिको सपना पुरा भएझैं लागेको थियो । मेरो मन आफै आफै प्रफुल्लित भइरहेको थियो । मेरो मनको बगैंचामा एउटा सुन्दर फुल फुलेभंmै लाग्यो । जुन फुललाई मैले राम्रोस“ग गोडमेल गरेर हुर्काउनुपर्छ भन्ने भान ममा थियो ।
त्यसपछिका दिनहरुमा हाम्रो कहिलेकांही भएपनि भेट भइरहन्थ्यो । हामी एकअर्काको मनमा लागेका कुराहरु आफुसमक्ष प्रस्तुत गथ्र्योै । त्यस्तै समयले आफ्नो गति लिइरहने क्रममा कुरा २०६३/०३/३० गते तिरको हो । त्यसदिन मेरो पुरानो रोग बल्झिएको कारणले मलाई कोहलपुर शिक्षण अस्पताल ल्याइयो । मेरो रोग बल्झिएको थाहा पाएर उनी पनि मलाई भेट्न अस्पताल आईन । आफुले मन पराएको मान्छे आउ“दा कसलाई पो खुशी लाग्दैन र, उनी मेरो सामु आएर मलाई सोध्न थालिन् ‘ के कस्तो छ, अनी एसएलसीको तयारी कस्तो चल्दैछ त?’ मैले त्यस प्रश्नको प्रतिउत्तरमा ठिकठिकै छ अनि तिमीलाई कस्तो छ त नी तिम्रो पढाई पो कहा“ सम्म पुग्यो ।’ यस्तै यस्तै कुराहरु गर्दै त्यस दिन हामी अस्पतालमा दिनभरी नै कुरा गरेर बस्यौं ।
डाक्टरले भने अनुसार मेरो खुट्टा अप्रेशन गर्नुपर्ने भयो, त्यसको लागि करिब बाह्र पन्ध्र हजार जम्मा गर्नुपर्छ भनेर डाक्टर साहेबले भन्दै हुनुहुन्थ्यो । हाम्रो लागि त्यो पैसा भनेको निकै ठूलो रकम थियो । हामी त्यत्रो पैसा जम्मा गर्ने स्थितिमा नै थिएनौ । मेरो हजुरबुवाले जग्गा बेच्ने कुरा गर्नुभयो मेरो उपचारको लागि । तर बर्षाले भने अह“ जग्गा बेच्नुपर्दैन मस“ग नास्ता खाने पैसा र अन्य खर्च गरेर आठ हजार जति छ त्यही पैसाले काम चलाउनुस् भनेर उनले भनीन् मैले भने लिन मानिरहेको थिएन उनको त्यो बाणीले लिन बाध्य तुल्यायो । उनले भनेकी थिइन – ‘‘यदि तिमीले यो पैसा लिएनौ भने हाम्रो नाता पनि टुट्न सक्छ र तिम्रो हुनु र मेरो हुनु कुरो त एउटै त हो नी होइन र ?’’ हो पाठक मित्रहरु यही भनेकी थिइन त्यही मेरो बोली ठाउ“को ठाउ“ रुक्न बाध्य भए ।
त्यही पैसा थपथाप गरेर मेरो खुट्टाको अप्रेशन भयो र मेरो खुट्टा पूर्ण रुपमा निको भइसकेको थियो ।
एसएलसीको परिक्षा पनि करिब करिब आउन लागिसकेको थियो । एसएलसी दिनुभन्दा एकदुईमहिना अगाडि डेरा लिएर कोहलपुर ट्युशन पर्न आउनुपथ्र्यौ । हाम्रो दैनिक जसो एकछिन भएपनि भेट हु“दै जान थाल्यो । कहिले कता, कहिले कता जान्थ्यौं , प्रेमका रमाईला रसिला कुरा गर्दै दिन विताउ“थ्यौं । हाम्रँे प्रेम पहिले भन्दा पनि गाढा भइसकेको थियो । हामी एक अर्काबाट एकपलका लागि छुटिन नसक्ने भइसकेको थियौं । यसैगरी हामीले एसएलसीको परिक्षा पनि दिइयो । पढ्ने क्रम जारी रह“दा हामीले कक्षा १२ को परिक्षा पनि दिइसकेका थियौं ।
कुरा २०६६ साल श्रावण तिरको हो । उनले हामी सधैं भेट्ने नर्सरीमा बोलाईन । सधैंको जसो चमक उनको अनुहारमा थिएन । उनी मेरो सामु आएर मलाई अंगालो हाल्दै रुन थालिन् । ‘हैन तिमीलाई के भयो भन न किन भन्दिनौं के भयो तिमीलाई’ भन्ने प्रश्नमा रुदैं भन्न थालिन ‘मेरो घर परिवारले मेरो विवाहको कुरा अन्तै चलाईसक्नु भएको रहेछ । मलाई कसरी हुन्छ बचाऊ,म तिमीबाट एकपल पनि छुटिन चाहान्न ।’ नरोउ केही हु“दैन तिमी मेरी नै हौ । तिमीलाई मबाट छुटाउन कसैले पनि सक्दैन भनेर सम्झाउ“दै थिए“ । तर पनि मेरो मनमा भयले वास गरिसकेको थियो । के गर्ने होला, कसो गर्ने होला कसरी उनीसंगै आफ्नो जीवन समर्पण गर्ने होला मैले केही पनि सोच्नै सकिरहेको थिएन । त्यसैबेला उनले गोजीबाट एउटा बट्टा निकाल्दै भनिन् ‘तिम्रो र मेरो प्रेम यिनीहरुले सफल हुन दिने छैनन् ।जसरी भएपनि आज मलाई यो दलदलबाट मुक्त गरिदेऊ ।’ उनको कुरा भू“इमा झर्न नपाउ“दै सोधे के हो यो? उनले बट्टा देखाईन त्यसपछि म झस्किए“ । हो पाठक मित्रहरु म तर्सिए किनकी त्यस बट्टामा महिलाले लगाउने सिन्दुर
थियो । त्यतिखेर नै मेरो मनमा अनेक कुरा खेल्न थाले । उनले भनीन्–‘आजदेखि मलाई सदा सदाको लागि आफ्नो बनाऊ । म मात्र तिम्रो हुन चाहान्छु ।’ यो वाणी मेरो मानसपटलमा अझै पनि गुञ्जिरहन्छ । हो पाठकमित्रहरु यो वाणी । तब मलाई थाहा भयो की उनको प्रेममा कति निश्छलता छ उनले मलाई कति माया गर्थिन भनेर ।उनले
मेरो लागि आफ्नो घरको प्रवाह समेत गरिनन् हो मलाई उनले दिलोज्यान दिएर माया गरेकी थिइन । सायद त्यो मायाको अगाडि मेरो माया पनि कम नै हुन्थ्यो । सोच्थे हाम्रो माया जति गाढा कसैको माया छैन यस्तो स्वच्छ, निश्छल, पवित्र साथै सा“चो मायाको बार कोही पनि बन्न सक्दैन चाहे भगवान आएर रोके पनि हाम्रो माया लाई रोक्न सक्दैन’ यही सोच्थे म ।